मिति २०८३ साल भाद्र २४ गते मध्यपश्चिम विश्वविद्यालयमा विभिन्न ग्र्याजुएट स्कुल तथा केन्द्रीय विभागमा नवनियुक्त पदाधिकारीहरूलाई नियुक्तिपत्र वितरण गरिएको छ। विश्वविद्यालयको कार्यकारी बैठकको निर्णयअनुसार भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्तिपत्र वितरण गरिएको हो।
कार्यक्रम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रजिष्ट्रार, डिन, कार्यकारी निर्देशकहरू तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। विश्वविद्यालयका रजिष्ट्रार डा. सुदीप ठकुरीज्यूले कार्यक्रमको परिचय तथा नवनियुक्तहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो भने उपकुलपति डा. सुवालज्यूले नियुक्तिपत्र वितरण गर्दै बधाईसहित निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो।
नवनियुक्त हुनेहरूमा ग्र्याजुएट स्कुल अफ एजुकेसनतर्फ विभागीय प्रमुख कल्पना पौडेल (अंग्रेजी शिक्षा केन्द्रीय विभाग), कमल बहादुर सिंह (पाठ्यक्रम तथा मूल्याङ्कन, शैक्षिक योजना तथा व्यवस्थापन, गणित, शिक्षा विज्ञान र विशेष आवश्यकता शिक्षा केन्द्रीय विभाग) र विक्रम बहादुर खड्का (स्वास्थ्य तथा जनसंख्या शिक्षा केन्द्रीय विभाग); ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसतर्फ विभागीय प्रमुख त्रिभुवन वि.सी (सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग) र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टतर्फ विभागीय प्रमुख डा. हरेन्द्र के.सी (व्यवस्थापन केन्द्रीय विभाग) मा नियुक्त हुनुभएको छ ।
त्यसै गरी ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीतर्फ विभागीय प्रमुख डा. दिक्पाल कुमार शाही (जीव विज्ञान तथा रसायनशास्त्र केन्द्रीय विभाग) र डा. तारणी प्रसाद यादव (भौतिकशास्त्र तथा गणित केन्द्रीय विभाग); ग्र्याजुएट स्कुल अफ लतर्फ कार्यक्रम निर्देशक खगेन्द्र रावल (बी.ए.एलएल.बी. कार्यक्रम) र अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकमा ललितजंग शाही नियुक्त हुनुभएको छ। त्यस्तै, रजिस्ट्रार सचिवालयको सदस्यमा उप–प्राध्यापक शिवराज घिमिरे नियुक्त हुनुभएको छ। कार्यक्रमको सञ्चालन लक्ष्मी प्रसाद बास्तोलाले गर्नुभएको थियो।