Skip to main content
ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री र नेपाल जेब्राफिस इन नेचर सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर

ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री र नेपाल जेब्राफिस इन नेचर सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर

News

View Gallery
Loading...

मिति २०८३ साल मंसिर ८ गते मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री र नेपाल जेब्राफिस इन नेचर सेन्टर (एन–जिन्क), भरतपुर, चितवनबीच जेब्राफिस अनुसन्धान, कृषि, जैविक विविधता तथा वातावरण विज्ञानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा विश्वविद्यालयका ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन सहप्राध्यापक डा. करन सिंह धामी र एन-जिन्कका अध्यक्ष प्रशान्त कान्त दाहालले हस्ताक्षर गर्नुभएको हो। समझदारीअनुसार दुवै संस्थाले स्नातक तहको पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान तथा विकास परियोजना सञ्चालन, विद्यार्थीका लागि इन्टर्नसिप, अनुसन्धान सह-निर्देशन तथा प्राज्ञिक अनुभव आदानप्रदान गर्नेछन्।

सहकार्यअन्तर्गत जेब्राफिस, जैविक विविधता, वातावरण, मत्स्यपालन, कृषि तथा पशु विज्ञानका क्षेत्रमा नीतिगत रूपमा उपयोगी अनुसन्धान गरिनेछ। अनुसन्धानका निष्कर्ष नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरी वैज्ञानिक समुदाय, नीति निर्माता तथा कृषक समुदायसम्म पुर्‍याउने र दुवै संस्थाको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसमेत समझदारीपत्रले लिएको छ।

समझदारीपत्रमा ग्र्याजुएट स्कुलका उप-प्राध्यापक उपकार भण्डारी र एन–जिन्कका सदस्य प्रज्ज्वल पोखरेल साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको थियो । साथै कार्यक्रममा उप-प्राध्यापक डा. मदनमणि सापकोटालगायत अन्य प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।