Skip to main content
कृषि अनुसन्धान तथा इन्टर्नसिपका लागि ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री र साहस नेपालबीच समझदारी

कृषि अनुसन्धान तथा इन्टर्नसिपका लागि ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री र साहस नेपालबीच समझदारी

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री र ग्रुप अफ हेल्पिङ ह्यान्ड्स (साहस) नेपालबीच कृषि क्षेत्रको अनुसन्धान गतिविधि तथा कृषि विषयका स्नातक विद्यार्थीलाई सशुल्क इन्टर्नसिपको अवसर प्रदान गर्ने उद्देश्यले मिति २०८३ साल कार्तिक १९ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ।


समझदारीपत्रमा विश्वविद्यालयका ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन सहप्रा. डा. करन सिंह धामी र साहस नेपालका कार्यकारी निर्देशक डा. सुरेन्द्रकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका संयोजक उप-प्रा. हरी प्रसाद सुवेदी र साहस नेपालका वरिष्ठ जलवायु न्याय तथा विपद् जोखिम न्यूनीकरण संयोजक विनोद थापाले साक्षीका रूपमा उपस्थित रहनुभएको थियो।


समझदारीअनुसार खाद्य तथा पोषण सुरक्षा, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण, पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन तथा दिगो कृषि अभ्यासलगायतका क्षेत्रमा अनुसन्धान र प्रकाशनलाई प्रवर्द्धन गरिनेछ। साथै, साहस नेपालको स्थानीय पहलमार्फत खाद्य सुरक्षा रूपान्तरण परियोजना सञ्चालन भएका क्षेत्रमा विद्यार्थीहरूलाई अनुसन्धानको अवसर उपलब्ध गराइनेछ।


समझदारीको पहिलो चरणअन्तर्गत चार जना विद्यार्थीका अनुसन्धान प्रस्तावका आधारमा कुल चार लाख रुपैयाँ अनुसन्धान अनुदान उपलब्ध गराइनेछ। यस सहकार्यबाट कृषि स्नातकहरूलाई अनुसन्धानमा व्यावहारिक अनुभव हासिल गर्ने, सशुल्क इन्टर्नसिप तथा अनुसन्धानका निष्कर्षलाई साइन्टीफिक जर्नल मार्फत सार्वजनिक गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। समझदारीको अवधि नोभेम्बर २०२६ देखि जुन २०२७ सम्म रहनेछ।