Skip to main content
मध्यपश्चिम विश्वविद्यालय र हेल्भेटास नेपालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

मध्यपश्चिम विश्वविद्यालय र हेल्भेटास नेपालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

News

View Gallery
Loading...

मिति २०८३ साल भाद्र १५ गते मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री र हेल्भेटास नेपालबीच अनुसन्धान सहकार्य, पाठ्यक्रम परिमार्जन, उद्यमशीलता विकास, नवप्रवर्तन तथा विद्यार्थी इन्टर्नसिपलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका तर्फबाट डीन सहप्रा. डा. करन सिंह धामी र हेल्भेटास नेपालका तर्फबाट इनइलम हेल्भेटासका टिम लिडर सन्दीप पौडेलले हस्ताक्षर गर्नुभएको हो।

समझदारीअनुसार ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका स्नातक तहका विद्यार्थीलाई हेल्भेटास नेपालका कार्यक्षेत्र तथा परियोजना जिल्लाहरूमा इन्टर्नसिप, फिल्ड एट्याचमेन्ट तथा प्रयोगात्मक सिकाइका अवसर उपलब्ध गराइनेछ। साथै, जलवायु अनुकूल कृषि, जैविक कृषि, कृषि प्रसार प्रणाली, बजार प्रणाली तथा कृषि उद्यम लगायतका विषयमा संयुक्त अध्ययन तथा अनुसन्धानमार्फत प्रमाणमा आधारित ज्ञान उत्पादनमा सहकार्य गरिनेछ।

त्यस्तै, यस सहकार्यअन्तर्गत हेल्भेटास नेपालको व्यावहारिक तथा विकास क्षेत्रको अनुभवलाई ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीको पाठ्यक्रममा समेट्न आवश्यक प्राविधिक सुझाव आदानप्रदान गरिनेछ भने विद्यार्थी तथा प्राध्यापकहरूको क्षमता विकासका लागि संयुक्त तालिम, कार्यशाला, एक्सपोजर भिजिट तथा ज्ञान आदानप्रदानका कार्यक्रम सञ्चालन गरिनेछन्।

दुवै संस्थाबीचको यो समझदारीपत्र ३१ डिसेम्बर २०२८ सम्म कायम रहनेछ भने आपसी सहमति अनुसार समझदारीको अवधि थप गर्न सकिने प्रावधान रहेको छ। कार्यक्रममा दुई संस्थाका प्रतिनिधि तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो।