Skip to main content
शैक्षिक ई–स्रोत साझेदारीसम्बन्धी समझदारीपत्रमा मध्यपश्चिम विश्वविद्यालय सहभागी

शैक्षिक ई–स्रोत साझेदारीसम्बन्धी समझदारीपत्रमा मध्यपश्चिम विश्वविद्यालय सहभागी

News

View Gallery
Loading...

मिति २०८३ साल भाद्र ३० गते विश्वविद्यालय अनुदान आयोग, नेपालको सहजीकरणमा नेपालका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच शैक्षिक विद्युतीय स्रोत साझेदारी तथा प्रयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय मार्फत अन्तर्राष्ट्रिय जर्नललगायत विभिन्न शैक्षिक तथा अनुसन्धानमूलक ई–स्रोतहरू आदानप्रदान तथा साझा रूपमा प्रयोग गर्ने उद्देश्यले सम्पन्न उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिज्यूहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर के.सी.ज्यू, सचिव प्रा. डा. रोजी श्रेष्ठज्यू मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यू लगायत आयोगका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। समझदारीअनुसार सहभागी विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान संस्थाहरूले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमार्फत उपलब्ध हुने शैक्षिक ई–स्रोतहरू साझा रूपमा प्रयोग गर्न सक्नेछन्।

यस सहकार्यबाट मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय जर्नललगायत गुणस्तरीय शैक्षिक तथा अनुसन्धान सामग्रीमा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। विश्वविद्यालयका लागि यो सहकार्य अनुसन्धान, शिक्षण तथा ज्ञान आदानप्रदानलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण पहलका रूपमा रहेको छ।