Skip to main content
निर्माण अन्तिम चरणमा रहेको केन्द्रीय पुस्तकालय भवनको अनुगमन सम्पन्न

निर्माण अन्तिम चरणमा रहेको केन्द्रीय पुस्तकालय भवनको अनुगमन सम्पन्न

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालयको वीरेन्द्रनगर, सुर्खेतस्थित केन्द्रीय विभाग परिसरमा निर्माणाधीन केन्द्रीय पुस्तकालय भवनको भाद्र ३० गते स्थलगत अनुगमन गरिएको छ।


मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयको संयोजनमा रजिष्ट्रार डा. सुदीप ठकुरीज्यू सहितको टोलीले निर्माण कार्य अन्तिम चरणमा रहेको केन्द्रीय पुस्तकालय भवनको स्थलगत अनुगमन गरेको हो।


अनुगमनका क्रममा निर्माण कार्यको हालसम्मको प्रगति तथा यसअघिका अनुगमनका क्रममा औँल्याइएका कमी–कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरू सम्बोधन भए–नभएको अवस्थाको समेत निरीक्षण गरिएको थियो। साथै, भवनको गुणस्तर र निर्माण कार्यसँग सम्बन्धित विषयमा सरोकारवालाबाट जानकारी लिँदै भवन हस्तान्तरणका लागि आवश्यक तयारी तथा सुधारका विषयमा आवश्यक सुझाव दिइएको थियो।


अनुगमन कार्यक्रममा योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, प्राविधिक तथा निर्माण व्यवसायीलगायतको उपस्थिति रहेको थियो।