Skip to main content
केन्द्रीय विभाग परिसर अनुगमन सम्पन्न

केन्द्रीय विभाग परिसर अनुगमन सम्पन्न

News

View Gallery
Loading...


मिति २०८३ साल साउन २७ गते विश्वविद्यालयका पदाधिकारी सम्मिलित टोलीद्वारा वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय विभाग परिसरको अनुगमन गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको संयोजनमा उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यू र रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यू सहितको टोलीद्वारा विश्वविद्यालयको उक्त निर्माणाधीन भवनको बुधबार स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा उपकुलपति सुवालज्यू र रजिष्ट्रार अयडीज्यूले केन्द्रीय विभाग परिसर, कक्षा कोठा, निर्माणाधिन भवनहरु, क्यान्टिन, पुस्तकालय तथा सानो सुर्खेत स्थित इञ्जिनियरिङ्ग विभागका प्राध्यापक तथा कर्मचारीहरु संग अन्तरक्रियात्मक छलफल गर्नुभएको थियो।

सो अवसरमा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का लगायत केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।