Skip to main content
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि सहयोग रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि सहयोग रकम जम्मा

News

View Gallery
Loading...

रसुवाको भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मध्यपश्चिम विश्वविद्यालय परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५४ लाख ४८ हजार २८९ सहयोग रकम जम्मा गरेको छ।


विश्वविद्यालयमा कार्यरत सम्पूर्ण पदाधिकारी, प्राध्यापक तथा कर्मचारीबाट एकमुष्ट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नेपाल बैंकमा रहेको खातामा विश्वविद्यालयका तर्फबाट जम्मा गरिएको हो।


विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचारमार्फत उक्त सहयोग रकम जम्मा गरिएको जानकारी गराउँदै, विश्वविद्यालय परिवारका तर्फबाट विपद्का कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवार र प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।